आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
काठमाडाैं | असार १८, २०८०
काठमाडौं: आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ ।
आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनकासाथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । गुरु पूर्णिमाका अवसरमा विद्यालयहरुमा आज कार्यक्रम हुने गरेको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

